नायिका श्वेता खड्का एकिकृत बस्ती शिलान्यास कार्यक्रम

301

सिन्धुपाल्चोक, १६ जेठ । नायिका श्वेता खड्का एकिकृत बस्ती शिलान्यास कार्यक्रममा बोल्दा बोल्दै भक्कानीएकी छिन् । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १४ स्थिति भीमटारको माझी बस्ती निर्माणमा सहयोग गर्ने र हौसला दिनेहरुलाई सम्झँदै उनी भक्कानीएकी हुन् ।
श्वेताले स्वर्गिय श्रीकृष्ण श्रेष्ठको तस्विर छुँदै पति जन्मिएको जिल्लामा एकिकृत बस्ती निर्माण गर्ने आँटलाई पुरा गरेरै छाड्ने अठोट व्यक्त गरेकी छिन् । श्रीकृष्णको जन्मघर सिन्धुपाल्चोकको साविक घुम्थाङ गाविस हाल बाह्रविसे नगरपालिका हो ।
स्वर्गिय पतिको कसम खाँदै उनले गरिब तथा पिछडिएका ६२ परिवार माझीहरुका लागि एक वर्षभित्र नयाँ घर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् । २० रोपनी जग्गामा निर्माण हुन लागेको बस्तीका प्रत्येक घर चार रोपनीमा निर्माण हुनेछन् । स्थानीय कला संस्कृति झल्कने गरी निर्माण हुने बस्तीको श्वेता-श्री फाउण्डेशनकी अध्यक्ष नायिका श्वेता खड्का र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ डा। गोविन्दराज पोख्रेलले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा पूर्वप्रधान सेनापति रुक्मागत कटुवाल, डाक्टर भोला रिजाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नायक निखिल उप्रेती, कलाकार बसुन्धरा भुषाल, वितरक गोपाल कायस्थ, गायकद्वय प्रमोद खरेल र युवराज चौलागाई, हाँस्य कलाकार जितु नेपाल लगायत माझी बस्ती पुगेका थिए ।

LEAVE A REPLY